पीसीआर परीक्षणविना नै निको भएको ठान्दै घर फर्किंदै

३ बर्ष अगाडि

मुलुकका विभिन्न क्षेत्रमा रहेका कोरोना संक्रमितलाई उपचारका लागि निगरानीमा राखिने आइसोलेसन केन्द्रले राम्रो सेवा दिएकै कारण एक सातादेखि १५ दिनभित्रै बिरामी निको भएर घर फर्किनेको संख्या उच्च छ । तर, पछिल्लो समय १०–१२ दिनसम्म लक्षण नदेखिएपछि बिरामीलाई पीसीआर परीक्षणविना नै निको भएको ठानेर घर पठाउने गरिएको छ ।

‘पहिला–पहिला त पीसीआर परीक्षण गरेर नेगेटिभ परिणाम आएपछि डिस्चार्ज गर्ने गरिएको थियो, तर पछिल्लो समयमा कुनै लक्षण नदेखिएपछि कोरोनामुक्त ठानेर घर पठाउने गरिएको छ’, कीर्तिपुरस्थित नेपाल आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा. रामआधार यादवले भने– ‘जेठ महिनायता २ सय १२ जना उपचारपछि केन्द्रबाट डिस्चार्ज भइसकेका छन् भने अहिले करिब २ सयले आइसोलेसनमा उपचार गराइरहेका छन् ।’

‘स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसार नै पीसीआर परीक्षणविना नै १४ दिनपछि कुनै लक्षण नदेखिएपछि घर फर्काइएको हो’, डा. यादवले भने– ‘हामीकहाँ, संक्रमण भएर पनि लक्षण नदेखिएका अर्थात् एसिम्टम्याटिक, छिटफुट लक्षण देखिएका अर्थात् माइल्ड र मोडिरेट बिरामी मात्र राखिन्छ, त्यसैले पनि निश्चित समयको निगरानीपछि परीक्षणविना नै डिस्चार्ज गर्नु स्वाभाविक हुन्छ ।’नेपाल समाचारपत्रमा खबर छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया