नयाँ नक्साको सिक्का निष्काशन गर्दै राष्ट्र बैंक

३ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले नेपाल नयाँ नक्सा भएको सिक्का निष्काशन गर्ने भएको छ । सरकारले हालै जारी गरेको नयाँ नक्सा राखेर राष्ट्र बैंकले एक र दुई रुपैयाँको नयाँ सिक्का निष्काशन गर्न लागेको हो । 
यसका लागि राष्ट्र बैंकलाई नेपाल सरकारल पनि स्वीकृति दिइसकेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो स्वीकृति दिएको हो । 
योसँगै अब सिक्का निष्काशनको थप प्रक्रिया अगाडि बढाउने राष्ट्र बैंकले बताएको छ । 

सरकाले केही समय अघि लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेको छ । सोही नक्सा राखेर सिक्का निष्काशन गर्न लागिएको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया