नेटवर्किङबारे वाणिज्यमा तीन दर्जनभन्दा बढी उजुरी

३ बर्ष अगाडि

नेटवर्किङ व्यवसायबाट ठगी भएको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा तीन दर्जनभन्दा बढी उजुरी परेका छन् ।
 प्रतिबन्धित नेटवर्किङ व्यवसायको जालो सक्रिय रहेको, नेपाली र विदेशी कम्पनीले पिरामिड शैलीको धन्दा चलाएर ठगी गरी पुँजी पलायन गरिरहेको भन्दै उजुरी परेको हो ।

‘स्वदेशी तथा विदेशी व्यक्तिले प्रत्यक्ष बिक्रीका नाममा गैरव्यावसायिक काम गरेको भनेर ती उजुरी परेका हुन् । मिडियाले उठाएको कुरा पुष्टि हुँदै छ,’ विभागका वैदेशिक व्यापार नियमन शाखा निर्देशक शिवराज सेढाइ‌ँले भने, ‘ती व्यवसायमा संलग्न व्यक्तिको नाम र नम्बर पाएका छौं । दिनमा २/३ जनालाई बोलाएर छलफल गरेका छौं । अनुसन्धान जारी छ ।’

वस्तुको प्रत्यक्ष बिक्रीका नाममा विभागले ७ कम्पनीलाई इजाजत दिएको छ । प्रायः कम्पनीले नेटवर्किङ गरिरहेको भेटिएको छ । यीबाहेक विभागबाट इजाजत नलिई पनि अवैध धन्दा गरिरहेको पाइएको छ । कान्तिपुरमा खबर छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया