११ लाख कित्ता शेयर लिलाम गर्दै मेगा बैंक

३ बर्ष अगाडि

मेगा बैंकले हकप्रदमा अवितरित ११ लाख ३३ हजार ३ सय ४४ कित्ता शेयर लिलामीमा बिक्री गर्ने भएको छ ।

यस अघि बैंकले  २०७४ भदौ २७ देखि कार्तिक १४ गतेसम्म हकप्रद निष्काशन गरेको थियो ।

उक्त हकप्रद निष्काशन गर्दा बिक्रि नभएको शेयर बैंकले लिलाम गर्न लागेको हो ।

बैंकले लिलाम गर्न लागेको शेयर मध्ये ११ लाख ३३ हजार ३ सय ४४ दशमलव ७० कित्ता संस्थापक समुहको छ भने बाँकि ७ लाख ७ हजार ३ सय ९४ दशमलव ९३ कित्ता साधारण शेयर छ । 

उक्त शेयरमा असोज ११ देखि असोज १८ गतेसम्म आवेदन दिन सकिनेछ ।

आवेदन दिँदा न्युनतम १ सय कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया