एकैदिनमा थप १६ जनाको मृत्यु , मृतकको संख्या ४ सय २७ पुग्यो

३ बर्ष अगाडि

नेपालमा २४ घण्टामा  थप १६ जनाको मृत्यु भएको  जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  दिएको छ।

मन्त्रालयका अनुसार अहिलेसम्म ४२७ जनाको कोभिड(१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

मृतकमध्ये तीन महिला र १३ पुरुष छन्।

उनीहरूको उमेर १७ वर्षदेखि ८८ वर्षसम्म भएको मन्त्रालयले जनाएको छ।

काठमाण्डू उपत्यकाका छ जना, मकवानपुरका दुई जना, बाँकेका दुई जना तथा झापा, सुनसरी, पर्सा चितवन, दोलखा र रूपन्देहीमा एक एक जनाको विगत २४ घण्टामा कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु भएको विवरण मन्त्रालयले दिएको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया