अस्ट्रेलियामा नागरिकता लिने प्रावधान फेरियो

३ बर्ष अगाडि

अस्ट्रेलियाले विदेशीलाई नागरिकता दिने प्रावधानमा परिवर्तन गरेको छ । अस्ट्रेलियाका निमित्त अध्यागमन तथा नागरिकतामन्त्री एलज टजले एक दशकअघिदेखि निरन्तर चलिआएको परीक्षा प्रणालीलाई परिवर्तन गर्ने बिहीबार घोषणा गरेका हुन् । 

उनले अस्ट्रेलियाली मूल्यमान्यता अत्यन्तै महत्त्वपूर्ण भएका कारण यो परिवर्तनमा यसैलाई प्राथमिकता दिएको बताएका छन् । नोभेम्बर मध्यदेखि परिवर्तन हुने परीक्षामा अस्ट्रेलियाली मूल्यमान्यता र सिद्धान्तसँग सम्बन्धित प्रश्नहरू थप गरिएको हो ।

अस्ट्रेलियाली नागरिकका लागि योग्य हुन कम्तीमा अस्ट्रेलिया बसेको चार वर्ष पुगेको हुनुपर्छ भने एक वर्ष स्थायी बसोबासको अनुमति (पीआर) पाएको हुनुपर्छ । योग्यता पुगेपछि सरकारले तोकेको परीक्षा पास गरेपछि मात्र नागरिकताका लागि आवेदन दिन पाइन्छ । सामान्यतः एक वर्षसम्म लाग्ने यो प्रक्रिया निर्धारित समयभन्दा छिटो र ढिलोसमेत निर्णय हुने गर्दछ । कान्तिपुरमा खबर छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया