सहकारीका ऋणीलाई सहुलियत, अब १४.७५ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने

३ बर्ष अगाडि

अब सहकारी संस्थाहरुलाई ऋण लगानी गर्दा १४.७५ प्रतिशत भन्दा बढी लिन सरकारले निदेर्शन दिएको छ ।

हिजो सोमबार बसेको ब्याजदर निर्धारण तथा सिफारिस समितिको बैठकले कार्तिक १५ गतेदेखि लागु हुने गरी सो निर्णय गरेको हो ।

यस अघि गत वर्ष सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १६ प्रतिशत कायम गरिएको थियो । 

सहकारी ऐन, २०७४ को दफा ५१ र सहकारी नियमावली, २०७५ को नियम २३ मा तोकिएका आधार र सामान्य भार समेतका आधारमा सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १४।७५ प्रतिशतमा नबढ्ने गरी तोकिएको हो । 

यस अघि, सरकारले सहकारी संस्थाहरुको ब्याजदर कायम गर्न सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिम सहकारी विभागका रजिष्ट्रारको संयोजकत्वमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, राष्ट्रिय सहकारी महासङ्घ, राष्ट्रिय सहकारी बैङ्क, केन्द्रीय विषयगत सङ्घहरूबाट प्रतिनिधि र सहकारी विभागका उप–रजिष्ट्रार सदस्य–सचिव रहेको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको गठन गरेको थियो ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया