नवाजुद्दीनलाई श्रीमतीले लगाइन् बलात्कारको आरोप

३ बर्ष अगाडि

बलिउडका भर्सटायल अभिनेता नवाजुद्दीन सिद्दिकीबाट लामो समयदेखि अलग बस्दै आएकी उनकी श्रीमती आलियाले बुधवार उनीविरुद्ध मुम्बईको वर्सोवा पुलिस स्टेशनमा गम्भीर आरोप लगाउँदै उजुरी दर्ता गरेकी छन् । त्यसमा उनले नवाजुद्दीनमाथि बलात्कार र ठगीको आरोप लगाएकी छन् । आलियाले बुधवार दिउँसो पुलिस स्टेशनमा एक लिखित उजुरी दिएकी हुन् । 
 
आलियाले गएको हप्ता अर्को एक उजुरीको शिलशिलामा उत्तर प्रदेशको मुजफ्फरनगरस्थित बुढाना पुलिस स्टेशनमा आफ्नो बयान दिएकी थिइन् । उक्त उजुरी उनले नवाजुद्दीन र उनको परिवारका चार सदस्यविरुद्ध दिएकी थिइन् । त्यस्तै, उनले पिंकविलासँगको एक अन्तर्वार्तामा आफूलाई नवाजुद्दीनले विवाहको समयदेखि नै मानसिक तनाव दिने गरेको बताएकी छन् ।
 
उनले भनेकी छन्, ‘म नवाजुद्दीनलाई २००३ देखि जान्दछु । हामी एकसाथ बस्न थालेका थियौं । उनका भाई शमास पनि हामी सँगै बस्थे । विस्तारै हामीबीच प्रेम भयो र विवाह गर्‍यौं । सुरुवातदेखि नै हामीबीच समस्या थियो । यो चाँडै बन्द हुनेछ भन्ने लागेको थियो । तर, १५/१६ वर्षमा मेन्टल टर्चर बन्द भएन ।’ विवाहपछि पनि नवाजुद्दीनले अर्कै युवतीलाई डेट गरेको उनको भनाई छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया