थपिए १४ सय ९७ जना कोरोना संक्रमित , कुल संक्रमितको सख्या ६९ हजार नाघ्यो

३ बर्ष अगाडि

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९७ जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६९ हजार ३ सय १ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४ सय ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ११ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर संक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ रहेको छ। यस्तै ६ हजार ५ सय ६५ जना क्वारेन्टिनमा छन्।

३ बर्ष अगाडि

प्रतिक्रिया