दक्षिण कोरियाली अधिकारीलाई मारे उत्तर कोरियाली सैनिकहरूले शव जलाइदिए

३ बर्ष अगाडि

 दक्षिण कोरियाले आफ्ना एक सरकारी अधिकारीलाई उत्तर कोरियाली सैनिकहरूले गोली हानी मारेको र उनको शव जलाएको दाबी गरेको छ ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले उक्त घटनालाई ‘क्रूर कार्य’ को संज्ञा दिँदै कडा शब्दमा निन्दा गरेको छ । मन्त्रालयका अनुसार ती अधिकारी दुई देशको जलसीमानजिकै गस्ती गर्ने डुंगाबाट बेपत्ता भएका थिए ।
दक्षिण कोरियाले ती अधिकारीको शव जलेको अवस्थामा भेटिएको जनाएका छन् । दक्षिण कोरियाली रक्षा मन्त्रालयका अनुसार ती अधिकारी माछा मार्ने मामिला हेर्ने विभागका कर्मचारी थिए ।
विभिन्न सुराकको विश्लेषणपछि उत्तर कोरियाली सैनिकले उनलाई गोली हानेका र त्यसपछि शरीरमा तेल खन्याएर आगो लगाइदिएका आरोपबारे प्योङ्याङले भने कुनै प्रतिक्रिया जनाइसकेको छैन ।कान्तिपुरमा खबर छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया