प्रादेशिक स्तरका लघुवित्तलाई कर्डा निर्देशनः प्रदेश बाहिरको शाखा बन्द नगरे नयाँ शाखा खोल्न नदिइने

३ बर्ष अगाडि

काठमाडौं – अब राष्ट्रिय स्तर बाहेका लघुवित्तले आफ्नो कारोबार एक प्रदेशमा मात्र सञ्चालन गर्न व्यवस्था गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले हालै एक निर्देशन जारी गर्दै लघुवित्त संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो । 
त्यस्ता लघुवित्त राष्ट्रिय स्तरमा स्तर उन्नती हुन नसकेमा आगामी असारमसान्त भित्र नै आफ्नो कार्यक्षेत्र भएको प्रदेशमा मात्र कारोबार सिमित हुने व्यवस्था गर्नुपर्ने छ ।  

राष्ट्रिय स्तरमा स्तरोन्नती हुन नसकेको र एक भन्दा बढी प्रदेशमा शाखा कार्यालय खोली कारोबार सञ्चालन  गरिरहेको लघुवित्तले २०७८ असार मसान्तभित्र कार्यक्षेत्र बाहेकको प्रदेशमा रहेका शाखा बिक्री, बन्द वा स्थानान्तरण गरी सम्पूर्ण कार्यक्षेत्र एउटै प्रदेशभित्र सीमित गरीसक्नु पर्ने राष्ट्र बैंकको निर्देशन छ । 
यस्तै, प्रादेशिकस्तरको संस्थाले आप्mनो कार्यक्षेत्र बाहेकको प्रदेशमा रहेको शाखा कार्यालय बिक्री, बन्द वा स्थानान्तरणको प्रक्रिया पूरा नगरेसम्म आफ्नो कार्यक्षेत्र अन्तर्गतका जिल्लामा नयाँ शाखा विस्तार गर्न पाउने नपाइने व्यवस्था गरिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया