लघुवित्तले सीएसआरको ५ प्रतिशत रकम वित्तिय साक्षरतामा खर्च गर्नपर्ने

३ बर्ष अगाडि

काठमाडौं – अब लघुवित्त वित्तिय संस्थाले सामाजिक उत्तर दायित्व कोष (सीएसआर) को ५ प्रतिशत रकम वित्तिय साक्षारतामा खर्च गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले हालै एकीकृत निर्देशन संसोधन गर्दै लघुवित्तहरुलाई यस्तो निर्देशन दिएको हो । 
लघुवित्तले त्यसका लागि विविध कार्यक्रम तथा लक्षित तालिमहरु सञ्चालन ग री महिला तथा
सामाजिक रुपले पिछडिएका वर्गलाई वित्तीय सेवा सम्बन्धमा साक्षर बनाई वित्तीय सेवाप्रतिको पहुँच अभिबृद्धिका लागि सामाजिक उत्तरदायित्व कोषको ५ प्रतिशत रकम खर्च गर्नु पर्ने राष्ट्र बैंकको भनाइ छ ।

लघुवित्तले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण (फोहोर मैला संकलन गर्ने फोहरदानी आदि), सांस्कृतिक प्रबद्र्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन क्षमता अभिबृद्धि, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम, यात्रु प्रतिक्षालय निर्माण, सडक बत्ती, सार्वजनिक शौचालय निर्माण जस्ता सामाजिक कार्य आदिमा गर्ने प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गर्ने खर्चलाई सिएसआरमा गणना गर्न सकिने छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया