दैनिक उपत्यका भित्रिनेको संख्या १० हजार हाराहारी

३ बर्ष अगाडि

निषेधाज्ञाको अन्त्यसँगै लामो दूरीका सवारीसाधन सञ्चालन गर्न सरकारले अनुमति दिएको ९ दिनमा उपत्यकामा ७५ हजार ३ सय ८७ जनाभन्दा धेरै भित्रिएका छन् ।
 थानकोट नाकाबाट मात्रै औसत दिनहुँ ८ हजार ३ सयभन्दा धेरै व्यक्ति उपत्यका प्रवेश गरिरहेका छन् । गृह स्रोतका अनुसार उपत्यका भित्रिने अन्य नाकाको पनि हिसाब गर्दा दैनिक उपत्यका भित्रिनेको संख्या १० हजार हाराहारी हुन आउँछ ।

कोरोना संक्रमण सुरु भएपछि गत वर्ष चैत ११ गतेदेखि पटक–पटकको लकडाउन र निषेधाज्ञासँगै अन्तरजिल्ला सार्वजनिक सवारीको यात्रामा प्रतिबन्ध थियो । गृह स्रोतबाट प्राप्त तथ्यांकअनुसार लामो दूरीको यातायात खुलेपछि थानकोट नाकाबाट बाहिरिनेको संख्या भित्रिनेको भन्दा कम अर्थात् ६२ हजार २ सय २३ छ । ९ दिनको अवधिमा यात्रु बोकेर थानकोटबाट ११ हजार ६ सय २४ सवारी भित्रिएको र १० हजार ३ सय ५४ सवारी बाहिरिएको देखिन्छ । कान्तिपुरमा खबर छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया