एसिड पीडित तीन युवतीलाई  कुमारी बैंकमा रोजगारी

३ बर्ष अगाडि

एसिड आक्रमणबाट पीडित बन्न पुगेका तीन युवतीले कुमारी बैंकमा रोजगारी पाएका छन्।

बैंकले  एसिडपीडित दुई युवतीलाई काठमाण्डौ उपत्यकामा र एकजनालाई मकवानपुरको हेटौँडामा स्थायी रोजगारीको व्यवस्था गरेको जनाएको छ ।

हेटौँडाकी विन्दवासिनी कंसाकार,काठमाण्डौमा बस्दै आएका जेनी खड्का र संगीता मगरले मार्केटिङ अफिसरका रुपमा रोजगारी पाएका हुन् ।

उता मन्त्रिपरिषद्को बैठकले गत बिहीबार एसिड आक्रमणका घटनामा संलग्नहरुलाई अधिकतम २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना तथा पीडितको उपचार खर्च भराउने कानुन पारित गरेको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया