८ प्रहरीमा कोरोना संक्रमण, डिएसपी थापालाई देखियो लक्षण

३ बर्ष अगाडि

चितवनमा ८ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ। 

संक्रमित हुनेमा प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी सूर्यबहादुर थापा समेत रहेका छन् ।

८ जानै प्रहरीहरूमा आइतबार राति सार्वजनिक गरिएको रिपोर्टमा कोरोना पुष्टि भएको हो।

संक्रमित सबै प्रहरीलाई कार्यालय भित्र कै आइसोलेसन कक्षमा राखिएको छ। 

त्यस्तै, कसैको पनि स्वास्थ्यमा समस्या नआएपनि डिएसपी थापालाई भने ज्वरो र खोकी लागेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया