नेपालका ९० प्रतिशत जनतालाई पुग्ने कोरोना भ्याक्सिन रूसबाट ल्याइँदै

३ बर्ष अगाडि

रूसले उत्पादन गरेको कोरोना भाइरस विरुद्धको भ्याक्सिन ‘स्पुट्निक–भी’को २ करोड ९० लाख भायल नेपाल भित्र्याउने सहमति भएको छ ।

रुसको सार्वभौम सम्पत्ति कोषसम्बन्धी निकाय रसियन डिरेक्ट इन्भेष्टमेन्ट फन्ड (आरडीआईएफ) र औषधी वितरक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच नेपालमा कोरोना विरुद्धको २ करोड ५० लाख भायल भ्याक्सिन भित्र्याउने सहमति भएको हो ।

मंगलबार आरडीआईएफका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरील दिमित्रिभ र ट्रिनिटी फर्मास्युटीकल्सका निर्देशक किशोर अधिकारीबीच नेपालमा उक्त भ्याक्सिज भित्र्याउने सहमति भएको हो।

रुसको गमालिया नेसनल रिसर्च इन्स्टीच्यूट अफ इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजीले गएको ११ अगष्टमा विकास गरेको ‘स्पुट्निक–भी’ हाल परिक्षणकै क्रममा छ ।

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनकी छोरीले समेत लगाएकाे उक्त भ्याक्सिन परिक्षणको क्रममा मानिसको स्वास्थ्यमा कुनै गम्भीर र प्रतिकुल समस्या नदेखाएपछि त्यहाँको स्वास्थ्य मन्त्रालयले समेत दर्ता गरेको छ ।

पहिलो र दोस्रो चरणको क्लिनिकल ट्रायलका क्रममा भ्याक्सिन लगाएका सबै जनामा प्रतिरक्षा शक्ति उत्पन्न गराएको दावी गर्दै गएको ४ सेप्टेम्बरमा ल्यानसेट जर्नलबाट रिपोर्ट प्रकाशित गरिएको थियो।

यसलाई आधिकारीक रुपमा प्रयोगमा ल्याउन दर्ता गर्नुपूर्व ४० हजार जना व्यक्ति सहभागी गराएर क्लिनिकल ट्रायल चलिरहेको छ। यो ट्रायलको नतिजा आउने अक्टोबरदेखि सेप्टेम्बर महिनासम्ममा प्रकाशित हुने अपेक्षा गरिएको छ।

भ्याक्सिन नेपाल ल्याउन आरडीआईएफ र ट्रिनिटी फर्मास्युटीकल्सबीच भएको सहमति अनुसार रुसमा अन्तिम क्लिनिलक ट्रायल सकिएपछिमात्र सो भ्याक्सिन नेपालमा उपलब्ध गराइने ट्रिनिटीका निर्देशक अधिकारीले बताए।

सहमतिमा मुलुकका विभिन्न क्लिनिकहरूमार्फत सुरक्षित र प्रभावकारि ढंगबाट उक्त भ्याक्सिनको प्रयोग गरिने उल्लेख छ।

त्यसका लागि नेपाल सरकारबाट स्वीकृति लिने प्रकृाय शुरु गरेको पनि उनको भनाई छ । सहमति अनुसार नेपाल भित्र्याइने रसियन भ्याक्सिनबाट यहाँको ९० प्रतिशत जनसंख्याले भ्याक्सिन लिन सक्ने अधिकारीले बताए ।

तर नेपाल सरकारको औषधी व्यवस्था विभागले भने औषधी वितरक कम्पनिले रुसबाट कोरोना विरुद्धको भाक्सिन ल्याउन लागेको बारे आफूहरूलाई कुनै जानकारी नभएको बताए ।

३ बर्ष अगाडि

प्रतिक्रिया