अक्षय कुमार गर्न चाहन्थे  ‘एमएस धोनी’

असोज १४, २०७७ | आजको अर्थ
ajaako_artha

बुधवार अर्थात् ३० सेप्टेम्बरमा नीरज पाण्डे निर्देशित फिल्म ‘एमएस धोनी स् द अनटोल्ड स्टोरी’ प्रदर्शनमा आएको चार वर्ष पूरा भएको छ । यो फिल्म सन् २०१६ मा प्रदर्शन भएको थियो । स्वर्गीय सुशान्त सिंह राजपूतको करिअरका लागि माइलस्टोन सावित भएको उक्त फिल्ममा उनको काम निकै रुचाइएको थियो । धोनी र उनको परिवारलाई पनि फिल्म निकै मन परेको थियो । 
 
निर्देशक नीरजका अनुसार, यो फिल्म ९८ प्रतिशत धोनीको वास्तविक जीवनमा आधारित थियो । फिल्ममा जुन स्कूल देखाइएको छ, त्यो वास्तवमै महेन्द्र सिंह धोनीको स्कूल हो, जहाँ उनले बाल्यकालमा पढेका थिए । स्पेशल परमिसन लिएर त्यहाँ फिल्म छायांकन गरिएको थियो । पूर्व क्रिकेटर किरण मोरेले सुशान्त सिंह राजपूतलाई फिल्मका लागि क्रिकेट तालिम दिएका थिए । 
 
हेलिकप्टर सट सिक्ने क्रममा घाइते भएपछि भने सुशान्तलाई धोनी आफैंले तालिम दिएका थिए । सुशान्तभन्दा अगाडि यो फिल्म अक्षय कमारलाई अफर भएको थियो । उनी फिल्म गर्न तयार पनि थिए । तर, निर्देशक नीरजले उनको धोनीसँग लुक्स नसुहाउने कारणले सुशान्तलाई रोजेका थिए । ८० करोडमा बनेको यो फिल्मले बक्सअफिसमा २ सय करोडभन्दा बढी छापेको थियो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८