मुद्दतीमा पौने दुई अर्ब लगानी गर्दै राष्ट्र बैङ्क

३ बर्ष अगाडि

नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको एक अर्ब ७८ करोड रुपियाँ बैङ्क तथा वित्तीय संसथाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । 

कोषमा रहेको सो रकम वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको २४० दिने निक्षेपमा लगानी गर्ने राष्ट्र बैङ्कले बुधबार जारी गरेको सर्कुलरमा
उल्लेख गरेको छ ।

‘क’ वर्गका वाणिज्य बैङ्कमा एक अर्ब ४२ करोड ४० लाख रुपियाँ, ‘ख’ वर्गका विकास बैङ्कमा २६ करोड ७० लाख रुपियाँ र ‘ग’ वर्गका वित्त कम्पनीमा आठ करोड ९० लाख रुपियाँ गरी कुल एक अर्ब ७८ करोड रुपियाँ लगानी गर्न लागेको हो ।

२०७७ कात्तिक २ देखि २०७८ जेठ ३१ सम्म २४० दिनका लागि राख्न लागिएको निक्षेप लिन चाहने संसथाले सिलबन्दी प्रसताव पेस गर्नुपर्ने छ ।

राष्ट्र बैङ्कका अनुसार निक्षेप लिनका लागि बैङ्क तथा वित्तीय संसथाले लिन चाहेको रकम तथा रकममा प्रदान गर्ने ब्याज दरसमेत उल्लेख गरी आगामी असोज १८ गतेसम्म सिलबन्दी प्रसताव पेस गनुपर्ने छ ।

निक्षेप लिनका लागि बैङ्क तथा वित्तीय संसथा सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको र न्यूनतम पुँजी कोष कायम हुनुपर्ने राष्ट्र बैङ्कको सर्त छ । गोरखापत्रमा खबर छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया