हाम्रो पात्रोले आजदेखि ल्यायाे समाचार स्रोत र विषयवस्तु रोज्न सक्ने गरी नयाँ फिचर

३ बर्ष अगाडि

आजदेखि नेपालकै सबैभन्दा लोकप्रिय एप हाम्रो पात्रोले प्रयोगकर्ताले समाचार स्रोत र विषयवस्तु रोज्न सक्ने गरी नयाँ फिचर ल्याएको छ । 

प्रयोगकर्ताले मन परेका समाचार माध्यम (न्युज पोर्टल) रोजेर आफूले चाहेको समाचार प्राप्त गर्न सक्नेगरी हाम्रो पात्रोले एपमा ‘फर यू’ अर्थात ‘तपाईंका लागि’ नामक नयाँ अप्सन ल्याएको हो । 

आजदेखि  एन्ड्रोइड बेटामा उपलब्ध हुने यो फिचर आईओएस बेटामा यसै हप्ताको अन्त्यसम्म आउनेछ ।

यसका लागि हाम्रो पात्रोको डेभलपर टिमले दुई महिनादेखि काम गर्दै आएको हाम्रो पात्रो इंकका संस्थापक शंकर उप्रेतीले जानकारी दिए । 

अर्को साता यो फिचर सहितको फुल भर्सन सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने उनले बताए । 

यो फिचरको सहयोगमा आफ्नो व्यक्तिगत रुची र प्राथमिकताअनुसारको छुट्टै न्युज फिड तयार पार्नसकिने हाम्रो पात्रो इंकले जनाएको छ ।

उदाहरणको लागि यदि कुनै प्रयोगकर्ताले स्पोर्ट्स (खेलकुद) सम्बन्धी समाचार हेर्न चाहेमा स्पोर्ट्स क्याटेगरीमा गएर समाचार स्रोत छनौट गर्न सकिने छ । 

एकै स्रोतबाट धेरै सञ्चारमाध्यमका समाचार पढ्नका लागि हाम्रोपात्रोको समाचार फचर निकै लोकप्रिय छ । सन् २०१४ मा पहिलो पटक समावेश गरिएको फिचरमा हाल चर्चित अनि लोकप्रिय ६० भन्दा बढी न्युज पार्टनर छन् । 

समाचार माध्यमहरु धेरै हुँदा प्रयोगकर्ताले आफ्नो रोजाइको समाचार फेला पार्न कठिनाई महसुस गर्नु नपरोस भनेर नयाँ अप्सन ल्याइएको जनाइएको छ । 

हाल हाम्रो पात्रोमा दैनिक १४ लाख तथा मासिक ६५ लाख सक्रिय प्रयोगकर्ता रहेका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया