राष्ट्र बैंकले बैंकहरुमा १.७८ अर्ब निक्षेप राख्ने, कहिलेसम्म दिनुपर्छ आवेदन ?

३ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा भएको रकम मध्ये १ अर्ब ७८ करोड रुपैयाँ बैंक तथा वित्तिय संस्थामा निक्षेप स्वरुप राख्ने भएको छ ।  राष्ट्र बैंकले कात्तिक २ गतेदेखि आगामी जेठ ३१ गतेसम्म अर्थात् २४९ दिनका लागि सो बराबरको रकम क, ख र ग बर्गको वित्तिय संस्थामा राख्ने भएको हो । 
राष्ट्र बैंकले ग बर्गको बैंकमा ८ करोड ९० लाख रुपैयाँ राख्ने बताएको छ । यस्तै, विकास बैंकमा रु. २६ करोड ७० लाख र बाणिज्य बैंकमा १ अर्ब ४२ करोड ४० लाख रुपैयाँ राख्ने बताएको छ । 
राष्ट्र बैंकले उक्त रकम लिन चाहाने बैंक तथा वित्तिय संस्थालाई असोज १८ गते भित्र दिन सक्ने व्याज उल्लेख गरेर आवेदन दिन आग्रह गरेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया