खतिवडा रेग्मीलाई चिठ्ठा : एउटा जागिर नसकिँदै राजदुत, मुख्य सचिव शंकर बैरागी

३ बर्ष अगाडि

सरकारले भर्खरै अर्थमन्त्रीबाट हटेका डा. युवराज खतिवडालाई अमेरिकाको राजदुत सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उनलाई अमेरिकाका लागि नेपाली राजदूत सिफारिस गर्ने गरेको हो ।

साँसद हुन नपाएपछि अर्थमन्त्रीबाट हटेका खतिवडालाई प्रधानमन्त्रीले सरकारको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेका थिए ।

यस्तै बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै उनलाई बेलायतको राजदूतका लागि सिफारिस गरेको छ ।

आगामी कार्तिक ३ गतेसम्म कार्यकाल रहेका रेग्मीले राजीनामा दिएपछि रिक्त मुख्यसचिव पदमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई नियुक्त गरिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया