दराजकाे ठगी : एयरहाेस्टेज मार्फत भन्सार छलेर सामान ल्याउँदै,

३ बर्ष अगाडि

अनलाईन सपिङ साइट दराजले नेपाल एयरलाईन्सका एयरहोस्टेजहरू मार्फत भन्सार छलेर सामान ल्याउने गरेकाे खुलेकाे छ । 

निगमको एयरबस ३२० तथा ३३० मा कार्यरत एयरहोस्टेज प्रजिता कार्की, प्रदा कार्की र करिश्मा मालाकारले दराजका लागि कमिसनमा भन्सार पास नगरीकनै कस्मेष्टिक सामग्री नेपाल ल्याइदिने गरेका हुन्र। 

उक्त कारोबार बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । दराजले अर्डर गरेका सामानहरू विदेशबाट पनि ल्याउनुपर्ने भएकाेले ति व्यक्तिहरूलाई कमिसन दिएर प्रयाेग गर्ने गरेकाे नेपाल एयरलाइन्सका अन्य एयरहाेस्टेजहरू बताउँछन् । 

ति एयरहाेस्टेजले भने याे माथिल्लाे तहका हाकीमहरूलाई पनि थाहा भएकाे र उनीहरूलाई  पनि कमिसन दिनुपर्ने बताउने गरेका छन् । 

एयरहाेस्टेज घुस संकलनमा प्रयाेग हुन्छन् ः

ती एयरहाेस्टेजले अरू एयरहाेस्टेजकाे करार सम्झौता नविकरण गर्न घुस संकलन गर्ने गरेकाे पनि सार्वजनिक भएको छ । प्रजिता कार्की र प्रदा कार्कीलाई सेटिङ मिलाउने काम भने एयरलाईन्सको ‘क्याविन क्रु चिफ’का रुपमा रहेकि सुमेली सुब्बाले गर्ने गरेकी छन् । 

सुमेलाीलाई भने मानव संशाधन विभाग प्रमुख अशोक सिग्देल र अपरेशन विभाग प्रमुखको रुपमा कार्यरत आफ्नै छोरा क्यापटेन दीपुराज ज्वार्चनको साथ रहेको छ । 

यसरी सेटिङ्गमा माथिल्लो तहबाटै साथ साथ पाएका कार्की दिदीबहिनीले मन्त्री तथा निगमका उपल्लो तहका कर्मचारीलाई दिनुपर्ने भन्दै रकम संकलन गर्ने गरेको अन्य एयरहोस्टेजहरुले गुनासो गरेका छन्। 

प्रजिता तथा प्रदाले आफ्नो पहुँच माथिसम्म रहेको भन्दै घुस नदिएमा करार सम्झौता नविकरण नहुने भन्दै धम्क्याउने समेत गरेको उनीहरुको गुनासो छ ।

कार्की दिदीबहिनीले अपाm्नो पहुँच माथिल्लो तहमा भने राम्रो रहको छ । तत्कालीन अपरेशन विभाग प्रमुख आरके शेरचनले अन्य १३ जना क्याबिन क्रु को ६ महिना करार अबधि थप गर्दा कार्की दिदी बहिनी सहित अन्य चार जनाको भने ५ वर्ष  थप गरेका थिए । 

तर यही पहुँचलाई दुरुपयोग गर्दै उनिहरुले भ्रष्टाचार गर्ने बाटो भनाएका छन् । निगमको अपरेशन विभाग प्रमुखको रुपमा कार्यरत क्यापटेन ज्वारचनले पनि करार अबधि सकिन लागेका क्याबिन क्रुहरुलाई अवधि थप्ने भए शक्तिको प्रयोग गर्न वा सेटिङ मिलाउन निर्देशन नै दिएने गरेका छन् । 

प्रदा, प्रजिता र सुमिलि प्राधिकरणको अनुमति विना श्रीलंकामा प्रशिक्षक एयरहोस्टेस तालिममा समेत पुगेका थिए । 

 

३ बर्ष अगाडि

प्रतिक्रिया