रानीपोखरीको  बालगोपालेश्वर मन्दिरमा करिब ३२.७३सुनको गजूर , आउँदो तिहारमा मन्दिर खोलिने

३ बर्ष अगाडि

काठमाडौँ – रानीपोखरीको बिचमा रहेको विशेष महत्व राख्ने बालगोपालेश्वर मन्दिरमा करिब ३२.७३सुनको गजूर राखिएको छ। करिब पाँच वर्षअघि भूकम्पले भत्काएको मन्दिरको पुनर्निर्माण सम्पन्न भएपछि बिहीबार बिहान विशेष पूजागरी सुनको गजूर राखिएको हो।

२०७२ सालमा गएको भूकम्पले क्षति पुर्‍याएको मन्दिरको शिरमा गजुर सजिएको छ। मन्दिरको शिरमा सजाउन अघि गजुर दरबार हाईस्कुलमा राखिएको थियो।

 सो  मन्दिरको पुनर्निर्माण भएसँगै आउँदो तिहारका दिन विशेष महत्वकासाथ ५ वर्षपछि चहपलह हुने भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका विज्ञ राजुमान मानन्धरले आउँदो तिहारमा दुई दिन मन्दिर खोल्ने बताएका छन । मानन्धरले भने, ‘तिहार एक दिन भए पनि मन्दिर दुई दिन खोल्ने चलन छ।’ उनले आउँदो तिहारमा मन्दिर खोलिने बताए।

बिहीबार गजुर राख्ने साइत भएकाले बिहान स्कूलबाट करिब ८ बजेतिर गजूर रानीपोखरीको मन्दिर लगिएको हो। मन्दिरमा लगेको गजूरलाई सुरुमा पूजा गरियो। पूजा गरि मसकेपछि मन्दिरको शिरमा गजूर सजाउन सुरु गरियो। झन्डै ३२.७३ तोला सुनबाट निर्मित उक्त गजुर १२३ किलोको  मन्दिरको शिरमा सजाउन करिब १५ जना लागेका थिए।

सो गजूर बनाउन २० दिन लागेको कालिगढ विनोद शाक्यले जानकारी दिए। गजुर उनको निर्देशनमा करिब १७ जना कालिगढले २० घण्टा खटिएर २० दिनमा सम्पन्न गरेको उनले बताए। ‘दिनरात गरी २० दिनमा गजूर बनायौँ’ उनले भने, ‘हामी १७ जनाले सिफ्ट अनुसार काम गर्थ्यौँ।’

‘राष्ट्रिय गौरव बोकेको ऐतिहासिक सम्पदाका लागि काम गर्न पाउँदा गौरवान्वित महशुस गरिरहेको छु। इतिहास बोकेको रानीपोखरीमा आफ्नो कला झल्किने कुराले खुशीको सिमान नै छैन र आफूलाई भाग्यमानी ठानेको पनि छु’ शाक्यले भने । उनले आफूरुहले गुजरलाई कामका रुपमा नलिई गौरवका रुपमा लिएर बनाएको र त्यसका लागि ज्याला पनि नतोकेको बताए ।

उनले आफूरुहले गुजरलाई कामका रुपमा नलिई गौरवका रुपमा लिएर बनाएको र त्यसका लागि ज्याला पनि नतोकेको बताए ।

३ बर्ष अगाडि

प्रतिक्रिया