यस सिजनको आईपीएलमा चेन्नईको दोस्रो जीत

३ बर्ष अगाडि

इन्डियन प्रिमियर लिगको १३ औँ सिजनको १८ औँ खेलमा चेन्नई सुपर किंग्सले किंग्स इलेवन पञ्जाबलाई १० विकेटले पराजित गरेको छ । सिजनमा पहिलो पटक दोस्रो ब्याटिङ गर्ने टोलीले खेल जितेको हो । यसअघि भएका सात खेलमा पहिलो ब्याटिङ गर्ने टोलीले खेल जितेको थियो ।

पञ्जाबले प्रस्तुत गरेको १ सय ७९ रनको लक्ष्य पछ्याउने क्रममा नटआउट रहँदै ओपनर शेन वाटसनले ८३ तथा फाफ डुब्लेसिसले ८७ रनले बनाउँदै १८१ रनको साझेदारी गरे । चेन्नईका लागि पहिलो विकेटका लागि गरिएको यो सबैभन्दा ठूलो साझेदारी हो । यसअघि माइक हस्सी र मुरली विजयीले सन २०११ मा बैंग्लुरुविरुद्ध १५९ रनको साझेदारी गरेका थिए ।

यसअघि, पञ्जाबले ४ विकेटको क्षतिमा १७८ रन बनाएको थियो । कप्तान लोकश राहुलले सर्वाधिक ६३ तथा निकोलस पुरनले १७ बलमा ३३ रन बनाए ।

चेन्नईको सिजनको यो दोस्रो जीत हो । पहिलो खेलमा मुम्बई इन्डियन्सलाई हराएको चेन्नईले त्यसयता लगातार तीन खेल हारेको थियो ।

यता, चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले अर्को कीर्तिमान बनाएका छन् । उनी आईपीएलमा १ सयवटा क्याच लिने दोस्रो विकेटकिपर बनेका छन् । उनीभन्दा अघि कोलकाताका कप्तान दिनेश कार्तिक मात्र रहेका छन् । उनले १ सय ३ क्याच लिएका छन् । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया