‘लुम्बिनी प्रदेशको राजधानी भालुवाङ’ दुई तिहाईले पास, कांग्रेसकै सांसदहरुले गरे फ्लोर क्रस

३ बर्ष अगाडि

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङकायम भएको छ । प्रदेश सभाबाट प्रदेशको नाम लुम्बिनी राजधानी भालुवाङ राख्ने प्रस्ताव दुई तिहाईले पारित भएको हो ।

मंगलबार भएको मतदानमा लुम्बिनीको पक्षमा ७९ र विपक्षमा ४ मत खसेको थियो भने राजधानी भालुवाङ राख्ने प्रस्तावको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको थियो ।

प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जोडेर स्थायी राजधानी बनाउने प्रस्ताव १६ असोजमा प्रदेशसभामा पेश गरेको थियो ।

प्रदेशको स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्तावको प्रमुख विपक्षी कांग्रेसले विरोध गर्दै सोमबार प्रदेशसभामा तोडफोड समेत गरेका थिए । कांग्रेसले राजधानी सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न हृवीप लगाएको थियो ।

तर मंगलबार भएको मतदानमा कांग्रेसकै सांसदहरुले पार्टीको हृपीप विपरित फ्लोर क्रस गरेका छन्। किनकी प्रदेशसभामा कांग्रेसका १९ सांसद भएपनि विपक्षमा १३ मत मात्र खसेको छ ।

प्रदेशसभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६१ सांसद छन्, उनीहरुमध्ये सभामुख पूर्णबहादुर घर्तीले मतदान गरेनन् । यस्तै जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य छन् ।

प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएसँगै प्रदेशसभाको अधिवेशन अन्त्य भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया