साझा पार्टीको प्रवक्तामा पाठक

३ बर्ष अगाडि

साझा पार्टीले शरदराज पाठकलाई प्रवक्ता पदमा नियुक्त गरेको छ ।

“छ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आउनुभएका केन्द्रीय सदस्य पाठकलाई प्रवक्तामा नियुक्त गरिएको छ”, सो पार्टीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

उनी सङ्घीय निर्वाचनमा पार्टीका तर्फबाट चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका थिए। ग्रामीण विकासमा स्नातकोत्तर गरेका उनी सो पार्टीमा सक्रिय हुनअघि विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गरेका थिए। साथै उनले कालिका एफएम तथा रेडियो अन्नपूर्ण नेपालको समाचार प्रमुख र कान्तिपुर एफएमको सम्पादकीय टोलीका सदस्य भएर काम गरेका थिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया