भाटभाटेनीमा सपिङ गर्दा सनराइज बैंकका ग्राहकलाई बिशेष छुट, आजदेखि नै लागू

३ बर्ष अगाडि

काठमाडौं – सनराइज बैंकको डेविट कार्ड र क्रेडिट कार्डबाट भाटभाटेनी सुपरमार्केटमा सामान किन्दा विशेष छूट पाउने भइएको छ । बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरसँगको सहकार्यमा आफ्ना ग्राहकहरुका लागि यस्तो योजना ल्याएको हो । 

बिशेषगरि नजिकीदैं गरेको चाडपर्व तथा आफ्नो १३ बार्षिक उत्सवको अवसरमा यस्तो योजना ल्याएको बैंकले बताएको छ । यस अन्तरगत सामान खरीद गरि कार्ड मार्फत भुक्तानी गर्दा कुल कारोबार रकमको ५ प्रतिशत वा प्रतिकारोबार अधिकतम रू. ५०० सम्म तत्काल छूट पाउने बताइएको छ । यो योजना असोज २५ (आज) देखि कार्तिक ११ गतेसम्मका लागि भएको बैंकले बताएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया