अप्ठ्यारोमा परेकालाई खाना बाँड्दै पूजा शर्मा

३ बर्ष अगाडि

कोरोनाका कारण अझै धेरै क्षेत्र खुलेका छैनन् । सञ्चालनमा आएका क्षेत्रमा पनि सीमित कामदार राखेर काम भइरहेको छ । जसका कारण हजारौं श्रमिकको रोजीरोटी गुमेको छ । दशैंको मुखमा रोजगारी गुम्दा शहरी क्षेत्रमा बसोबास गर्ने श्रमिकलाई रोगभन्दा भोकले सताएको छ । अहिले भोकले आक्रान्त भएर खाना खोज्नेहरु काठमाडौंका सडकमा अनगिन्ती भेटिन्छन् ।
 
रोजगारी गुमेर समस्यामा परेकालाई काठमाडौंका विभिन्न स्थानमा विभिन्न संघ(संस्थाहरुले निःशुल्क खाना वितरण गरिरहेका छन् । यो कार्यमा नेपाली कलाकारहरुले पनि साथ दिएका छन् । यसबीच, अभिनेत्री पूजा शर्माले मंगलवार अप्ठ्यारोमा परेकाहरुलाई खाना वितरण गरेकी छन् । साझा पार्टीको तातो भात अभियानमा सहभागिता जनाउँदै उनले भोकाहरुलाई खाना बाँडेकी हुन् ।
 
पूजाले आफ्नो आधिकारिक इन्स्टाग्राम स्टोरीमा खाना बाँडिरहेको तस्विरहरु शेयर गरेकी छन् । उनले कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरुलाई खाना बाँड्न पाएकोमा खुसी व्यक्त गरेकी छन् । उनले मंगलवार लगनखेलको सडकमा आफ्नै खर्चमा भोकाहरुलाई खाना बाँडेकी हुन् । उनले यसअघि फिल्म प्राविधिकहरुलाई २ लाख बराबरको खाद्यन्न सहयोग गरेकी थिइन् ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया