क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

३ बर्ष अगाडि

पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण देखिएको छ । पोर्चुगलको फुटबल फेडेरेसनलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार मंगलबार गरिएको परीक्षणमा उनलाई पोजिटिभ देखिएको हो ।

पोर्चुगल टीमका अन्य सदस्यमा भने कोरोना नदेखिएको समाचारमा जनाइएको छ । संक्रमण देखिएका कारण ३५ वर्षीय स्ट्राइकरले बुधबार नेसन्स लिग खेलमा पोर्चुगलको स्विडेन विरुद्धको खेलमा उपस्थित हुने छैनन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया