‘तन्हाजी’ देखि ‘वार’ सम्मका फिल्म फेरि रिलिज हुने

३ बर्ष अगाडि

कोभिड १९ का कारण सात महिनादेखि बन्द रहेका भारतका सिनेमा हल भोलिदेखि  सञ्चालनमा आउँदैछन् । कोरोना महामारीभन्दा अगाडि प्रदर्शनको तयारीमा रहेका ठूला फिल्म अहिले प्रदर्शनका लागि अगाडि नसरेपछि हल सञ्चालकहरु पुरानै फिल्म रि(रिलिज गर्न बाध्य भएका छन् । बिहीवारबाट भारतका सिनेमा हलमा पुराना सुपरहिट फिल्म रिलिज हुँदैछ ।
 
ट्रेड एनालिस्ट तरण आदर्शले बिहीवारबाट सिनेमा हलमा रि(रिलिज हुने फिल्मको जानकारी दिएका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘यो हप्ताबाट सिनेमा हल खुल्दैछ । ६ हिन्दी फिल्म यो हप्ता रि(रिलिजका लागि घोषणा गरिएको छ । यसमा ‘तन्हाजी, वार, शुभ मंगल ज्यादा सावधान, मलंग, थप्पड र केदारनाथ’ सामेल छन् । आगामी दिनका लागि अरु फिल्म तयारी गरिँदैछ ।
 
यी फिल्ममध्ये स्वर्गीय सुशान्त सिंह राजपूत स्टारर फिल्म ‘केदारनाथ’ २०१८ मा रिलिज भएको थियो । सुशान्तका प्रशंसकलाई ट्रीट दिनका लागि निर्माण टिमले फिल्मलाई रि(रिलिज गर्न लागेको हो । अभिषेक कपूरले निर्देशन गरेको फिल्ममा सुशान्तले अभिनेत्री सारा अली खानसँग रोमान्स गरेका थिए । यो रोमान्टिक स्टोरी दर्शकले निकै रुचाएका थिए । फिल्म सुपरहिट भएको थियो ।
 
कोरोनाको संक्रमण फैलिन नदिन भारत सरकारले मार्चबाट सिनेमा हल बन्द गर्ने घोषणा गरेको थियो । जसका कारण कयौं ठूला फिल्म प्रदर्शनमा आउन सकेनन् । कति फिल्म हल खुल्ने टुंगो नहुँदा ओटीटी प्लेटफर्ममा रिलिज भए । सिनेमा हल खुलेपछि अब केही ठूला फिल्म रिलिजका लागि पाइपलाइनमा छन् । ‘सूर्यवंशी’ दिपावली र ‘८३’ क्रिसमसमा रिलिज हुने तयारीमा छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया