प्रभु इन्स्योरेन्सको आईपीओले कुन रेटिङ पायो ?

३ बर्ष अगाडि

काठमाडौं – प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओले मध्यम जोखिम संकेत गर्ने इक्रा आईआर बीबी प्लस रेटिङ प्रदान गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले उक्त कम्पनीलार्य उक्त रेटिङ प्रदान गरेको हो । 
प्रभु इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको छ । यसका लागि कम्पनीले हालै नेपाल धितोपत्र बोर्डमा निदेवन पनि दिएको हो । 
कम्पनीको आईपीओ बिक्री प्रवन्धक भने सिद्धार्थ क्यापिटल रहेको छ । 
अहिले कम्पनीको चुक्तापुँजी रु. १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशन पनि कम्पनीको चुक्तापुँजी २ अर्ब पुग्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया