आज पनि जनरल इन्स्योरेन्सको शेयर कारोबार सकरात्मक सर्किट लेभलमा, कति पुग्यो शेयर मुल्य ?

३ बर्ष अगाडि

काठमाडौं – बुधबारदेखि नियमित शेयर कारोबारमा आएको जनरल इन्स्योरेन्सको शेयर मुल्य आज पनि सकरात्मक सर्किट लेभलले बढेका छ । यो समाचार तयार पार्दासम्म उक्त कम्पनीको शेयर मुल्य ९.८५ प्रतिशतले बढेको हो । 
बुधबार पनि उक्त कम्पनीको शेयर मुल्य सकरात्मक सर्किट लेभलमा बढेको थियो । हिजो उक्त कम्पनीको शेयर मुल्य ३३५ रुपैयाँ पुगेको थियो । आज त्यो ३३ अंकले बढेर ३६८ रुपैयाँ पुगेको छ । 

नेपाल स्टक एक्सचेन्जको मार्कट डेप्थअनुसार आज पनि उक्त कम्पनीको शेयर बिक्री गर्न चाहाने लगानीकर्ता शुन्य छन् । खरिद कर्ताको चाप भने उच्च रहेको छ ।  
मंगलबारदेखि नै उक्त कम्पनीको शेयर कारोबार हुने बताइएको थियो । तर, प्रि–ओपनिङ शेसनमा खरीद र विक्री आदेश म्याचिङ नहुदाँ त्यो भएको थिएन । बुधबार खरिद बिक्री आदेश म्याचिङ भएपछि उक्त कम्पनीको नियमित शेयर कारोबार सुरु भएको थियो । 
नेप्सले पहिलो कारोबार लागि ओपनिङ रेन्ज रु. १०१.७६ देखि ३०५.२८ रुपैयाँ तोकेको थियो । बुधबार उक्त कम्पनीको शेयर कारोबार ३०५ रुपैयाँबाट सुरु भएको थियो । हिजो त्यो बढेर ३३५ सम्म पुगेको थियो । 

कम्पनीले गत असोज ११ गतेदेखि १४ गतेसम्म ३० लाख कित्ता आईपीओ जारी गरेको थियो । त्यो गत असोज २० गते बाँडफाँट भएपछि कम्पनीको १ करोड कित्ता शेयर नेप्सेमा सुचिकृत भएको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया