सञ्जय दत्त : चाँडै क्यान्सरलाई जितेर फर्किने विश्वास

३ बर्ष अगाडि

फोक्सोको क्यान्सरसँग जुधिरहेका बलिउड सुपरस्टार सञ्जय दत्तले चाँडै क्यान्सरलाई जितेर फर्किने विश्वास व्यक्त गरेका छन् । बिहीवार एक भिडियो सन्देशमार्फत् उनले यो हप्ता फिल्म ‘शमशेरा’ को डबिङ पूरा गरेर अर्को वर्षको नोभेम्बरबाट फिल्म ‘केजीएफ २’ को छायांकन सुरु गर्ने बताएका छन् । उनले गएको अगस्टमा फोक्सोमा क्यान्सर भएको थाहा पाएका थिए । 
 
हेयर स्टाइलिश आलीम हकीमको इन्स्टाग्राममा पोस्ट भएको भिडियोमा उनले भनेका छन्, ‘हाई, म सञ्जय दत्त । फेरि सैलुनमा आउन पाएकोमा खुसी लागेको छ । म यहाँ कपाल काट्न आएको हुँ ।’ उनले निधारको खत देखाउँदै अगाडि भनेका छन्, ‘यदी तपाईंहरु यो हेर्दै हुनुहुन्छ भने यो हालैको निशान हो । तर, म यसलाई हराउँछु । म चाँडै क्यान्सरलाई जितेर फर्किनेछु ।’
 
सञ्जय दत्तले यो भिडियोमा हेयर स्टाइलिश आलीम हकीमसँग आफ्नो सम्बन्धको बारेमा पनि बताएका छन् । ‘आलिम मेरो पुरानो साथी हो । उसको पिताले मेरो पिता (सुनील दत्त) को कपाल काट्नु हुन्थ्यो । हकीम सर फिल्म ‘रक्की’ मा मेरो हेयर स्टाइलिस्ट हुनुहुन्थ्यो र फेरि आलिमले मेरो कपाल काट्न सुरु गर्‍यो ।’ उनी फिल्म ‘केजीएफ च्याप्टर २’ का लागि दाह्री बढाइरहेका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया