आज बाँडफाँट हुँदै सानिमा जनरलको आईपीओ, कतिलाई पर्ला १० कित्ता ?

असोज २९, २०७७ | आजको अर्थ
ajaako_artha

सानिमा जनरल इन्स्योरन्स कम्पनी लिमिटेडको आईपीओ आज शुक्रवार बाँडफाँट हुने भएको छ । 

उक्त आईपीओको हिजो  प्रि– अलोटमेण्ट भएसँगै आज बाँडफाँट गर्ने गयारी रहेको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको हो ।

क्यापिटलले आज विहान ८स्३० बजे कम्पनीको आईपीओ बाँडफाँट हुने जनाएको छ । 

यस अघि कम्पनीले असोज २१ देखि २५ गतेसम्म सर्वसाधारणका लागि  ३० लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएर बाँकी २७ लाख ३० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गरेको थियो । 

उक्त कम्पनीको आईपीओ खरीदका लागि ८ लाख ८३ हजार ६२३ जना आवेदकबाट १ करोड ९० लाख १२ हजार ३४० कित्ताको लागि आवेदन परेको छ । जुन मागभन्दा ६ दशमलव ९६ गुणा बढी हुन आउँछ । 

माग भन्दा धेरै आवेदन परेकाले कम्पनीको आईपीओबाट २ लाख ७३ हजार जनाले मात्रै १०–१० कित्ता शेयर पाउनेछन् । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८