शिवम सिमेन्टसले बोलायो साधारणसभा, जुम मार्फत सहभागी हुन सकिने

३ बर्ष अगाडि

काठमाडौं – लाभांश पारित गर्न शिवम सिमिन्टस् लिमिटेडले पाचौं बार्षिक (२०७६÷७७) साधारण सभा बोलाएको छ । कम्पनीले आगामी कात्तिक २४ गते साधारण सभा बोलाएको हो । 
बुधबार बसेको सञ्चालक समितिको बैठकले यस्तो बताएको हो । सो दिन बिहान ११ बजेदेखि कम्पनीको कर्पाेरेट कार्यालय अनामनगरको सभाहलमा साधारण सभा हुनेछ । 

त्यसमा लगानीकर्ता अर्थात् शेयरधनीहरु भर्चुअल जुम मार्फत सहभागी हुन सक्ने व्यवस्था पनि गरिएको हो । यसका लागि शेयरधनीलाई जुम आईडी र पासकोड उपलब्ध गराउने कम्पनीको भनाइ छ । 
कम्पनीले गत आवको नाफाबाट चुक्तापुँजीको २४.२१ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । सभाले  उक्त लाभांश पारित गर्ने बताइएको छ । 
यस्तै, अध्यक्षको बार्षिक प्रतिवेदन, गत आवको वासलत, नाफा नोक्सान हिसाव लगायतका बिषयमा छलफल गरि पारित गरिनेछ । यस्तै, चालु आवको लागि लेखापरिक्षक नियुक्त गर्ने लगायतका बिषयमा पनि छलफल हुनेछ । 
यस्तै, कम्पनीले आफ्नो उद्देश्य अनुसार काम गर्न चुक्तापुँजी भन्दा बढी कर्जा लिने अधिकार बिषयमा सञ्चालन समितिलाई अख्त्यिारी दिने बिषयमा पनि छलफल हुनेछ । 

साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक १३ गते बुकक्लोज गर्ने बताएको छ । त्योअनुसार कात्तिक १२ गतेसम्म कायम शेयरधनीले लाभांश लिन पाउने छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया