कोरोना असरः सोल्टी होटेलको नाफा ६५ % ले घट्यो, करिब सबै वित्तिय परिसुचकमा गिरावट

३ बर्ष अगाडि

काठमाडौं – गत आर्थिक बर्षमा सोल्टी होटेल लिमिटेडको नाफा ह्वात्तै घटेको छ । कम्पनीले शुत्रबार सार्वजनिक गरेको गत आवको चौथो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
बिशेषगरि कोरोना भाइरसका कारण होटेल व्यवसाय प्रभावित भएपछि उक्त कम्पनीको नाफा घटेको हो । वित्तिय विवरणअनुसार गत आवमा कम्पनीको नाफा ६४.६३ प्रतिशतले घटेको छ । 
अघिल्लो आवमा कम्पनीले रु. २९ करोड ९० लाख १० हजार खुद नाफा कमाएको थियो । तर, गत आव  रु. १० करोड ५७ लाख ३५ हजार मात्र खुद नाफा कमाएको छ । । गत आवको तेस्रो त्रैमासमा कम्पनीले रु. १४ करोड भन्दा बढी नाफा कमाएको थियो, त्योअनुसार असारसम्म आउँदा कम्पनीको नाफा उल्टै घटेको देखिन्छ । 
बिशेषगरि कोरोना भाइरसका कारण होटल बन्द हुदाँ, विदेशी पर्यटन नआउँदा लगायतका कारण होटलको व्यवसाय प्रभावित भएको थियो । त्यसपछि कम्पनीको नाफा घटेको हो । 
गत आवमा कम्पनीले रू. १ अर्ब २३ करोड ८६ लाख रुपैयाँ कारोबार गरेको छ । कम्पनीको कारोबार रकम पनि घटेको छ  । अघिल्लो आवमा कम्पनीको रु. १ अर्ब ८३ करोड ४३ लाखको कारोबार भएको थियो । 
कम्पनीको चुक्तापुँजी रु. ८४ करोड २५ लाख भन्दा बढी छ । कम्पनीले आफ्नो जगेडामा भने ८० करोड ८३ लाख रुपैयाँ राखेको छ । 
वित्तिय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी १.२५ रुपैयाँ रहेको छ । यस्तै, प्रतिशेयर नेटवर्थ २९.५९, प्रतिशेयर कुल सम्पत्तिको मुल्य २९.५० रुपैयाँ रहेको छ । तेस्रो त्रैमासको तुलनामा नै कम्पनीको यी परिसुचकहरुमा गिरावट आएको छ । 
प्रतिशेयर आम्दानी 
चोथौ त्रैमासः १.२५
तेस्रो त्रैमासः १.२९ 

प्रतिशेयर नेटवर्थ
चौथो त्रैमासः १९.५९
तेस्रो त्रैमासः २३.०१ 

प्रतिशेयर कुल सम्पत्तिको मुल्य
चौथौ त्रैमासः २९.५०
तेस्रो त्रैमासः ३५.४७ 

प्राईस अर्निङ रेसियो
चोथौ त्रैमासः १.४९ 
तेस्रो त्रैमासः १.५२ 

३ बर्ष अगाडि

प्रतिक्रिया