व्यावसायिक कागती खेती शुरु

असोज २९, २०७७ | आजको अर्थ
ajaako_artha

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का कृषक स्वास्थ्यका लागि अत्यन्तै उपयोगी मानिने कागतीको व्यावसायिक खेती गर्न थालेका छन् । दैनिक प्रयोग हुने औषधीय गुणयुक्त कागतीको माग बढ्दै गएपछि पछिल्लो समय यसको खेतीमा यहाँका कृषक आकर्षित भएका हुन् । 

प्राय पहाडी क्षेत्रमा गरिने कागती खेती पछिल्लो पटक तराईमा पनि विस्तार हुन थालेको छ । भिटामिन सी प्रशस्त मात्रामा पाइने भएकाले यसको  माग बढ्न थालेपछि भारतबाट ठूलो मात्रामा कागती आयात हुँदै आएको  थियो । बजारको राम्रो सम्भावना र तराईमा समेत कागती खेती विस्तार भईरहेकाले  रामग्राम नगरपालिका–१० का कृषक धिरेन्द्र श्रेष्ठ जागिरबाट अवकाश पाएपछि व्यावसायिकरूपमा कागती खेती गर्न थाल्नुभएको छ ।

 कृष्णगोपाल एकिकृत कृषि फार्म दर्ता गरेर खेती शुरु गर्नुभएका उहाँले आफ्नै डेढ विघा जग्गामा भारतबाट आयातीत गोल्डेन लेमन जातको कागती लगाउनुभएको छ ।  अहिले हुर्किसकेका ती कागती  तीन वर्षमै  फल दिने र यसका लागि धेरै सिँचाइ गर्न पर्र्दैन

।  श्रेष्ठले रू  छ लाखको लागतमा एक हजार ५०० बिरुवा लगाउनुभएको हो । कागतीको बोट एकपटक लगाएपछि २५ देखि ४० वर्षसम्म फल दिन्छ  । राम्रो उत्पादन भएमा वर्षमा एउटै बोटबाट मात्रै ५०० देखि एक हजार २०० वटासम्म कागती उत्पादन हुने कृषक उहाँकोे भनाइ छ ।

एउटै कागतीको रू दुईमा बिक्री  भए पनि वार्षिक  लाखौँ आम्दानी हुन्छ । बाह्रै महीना फल प्राप्त गर्न सकिने भएकोले कागती मनग्ये आम्दानी हुने श्रेष्ठ बताउनुहुन्छ । तालिम नलिएपनि टेलिभिजन र पत्रपत्रिका अध्ययन गरेर खेती गर्नुभएका श्रेष्ठले माछापालन र धानखेती पनि गर्नुभएको  छ ।

सुनवल नगरपालिका–१२ भूमहीकी दुर्गा बस्यालले पनि यसै वर्षदेखि कागती खेती शुरु गर्नुभएको छ । बर्दघाट नगरपालिका–२ सुखौरामा रहेको आफ्नै १५ कठ्ठा जग्गामा ३०० बिरुवाबाट खेती शुरु गरिएको उहाँ बताउनुहुन्छ । दाङबाट ल्याएको सुन जातको कागती लगाउनुभएकी उहाँले केरा र कागतीको खेती सँगसँगै गर्नुभएको छ ।  एक हजार ३०० केराको बोटसँगै कागती पनि लगाइएको छ । अहिले केराको बोट हुर्किएका छन् । तीन वर्षमा केरा टिपेर सकिएपछि कागतीको फल टिप्न शुरु हुने कृषक बस्यालको भनाइ छ  ।
                                     
उहाँसँगै सुखौरामा यमकुमारी भुर्तेलले पनि १२ कठ्ठामा कागती खेती गर्नुभएको छ । दुबै  जनाले सँगसँगै खेती थालेको बताउँदै भुर्तेल आफूले ३०० बोटबाट कागतीको व्यावसायिक खेती थालेको जानकारी दिनुुहुन्छ । वर्षौँसम्म फाईदा लिन पाइने र मनग्ये आम्दानी हुने भएकोले यो खेतीतर्फ आकर्षित भएको उहाँको भनाई छ । सुनवल नगरपालिकाले पनि वडा नं। ११ को धुरकोट फेदीलाई कागती पकेट क्षेत्रकोरूपमा विकास गरी कार्य अघि बढाएको छ । पकेट क्षेत्रका लागि त्यहाँ गत वर्ष एक हजार कागतीका बिरुवा वितरण गरिएको नगर उपप्रमुख दधिराम अर्याल जानकारी दिनहुन्छ  । गत वर्षको कार्यक्रम प्रभावकारी भने हुन नसकेको तर अव त्यहाँका कृषकलाई तालिम प्रदान गरेर कागती खेतीमा प्रोत्साहन गरिने उहाको भनाइ छ ।

कागतीबाट वार्षिक लाखौँ कमाउन सकिने र वर्षौसम्म फाईदा पनि लिन सकिने भएकाले कृषक यसतर्फ आकर्षित भईरहेको कृषि ज्ञान केन्द्रका प्रमुख देवेशकुमार मिश्राको भनाइ छ । जिल्लाको रामग्राम, सुनवल र बर्दघाट नगरपालिकाका कृषकहरू पछिल्लो समय कागतीखेतीमा सम्लग्न छन्  ९ तस्बीर पनि उपलब्ध छ०
–––

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८