सुरक्षित प्रसूति सेवा लिने बढे

असोज २९, २०७७ | आजको अर्थ
ajaako_artha

जिल्लाका तीन हजारभन्दा  बढी महिलाले  सुरक्षित प्रसूति सेवा लिएका छन् । बेँसीशहर नगरपालिकास्थित जिल्ला सामुदायिक अस्पतालमा आर्थिक वर्ष २०७४÷२०७५ देखी २०७६÷२०७७सम्म तीन हजार ४५६ जनाले सो सेवा लिएका हुन् ।

यीमध्ये सामान्य प्रसूति सेवा २ हजार ७४७, शल्यक्रिया गर्नुपर्ने ४६१  र जटिल किसिमको प्रसूति सेवा २४८ जनाले लिएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो ।

उनको अनुसार अस्पतालबाट आर्थिक वर्ष २०७६÷२०७७ मा एक हजार १२३ जनाले प्रसूति सेवा लिएकामा यीमध्ये ८६६ सामान्य, १६८ शल्यक्रिया र ८९ जनाले जटिल किसिमको प्रसूति सेवा लिएका थिए । आर्थिक वर्ष २०७५÷२०७६ मा अस्पतालबाट प्रसूति सेवा लिनेको सङ्ख्या एक हजार ११  रहेकामा  ८२९सामान्य, १२४ शल्यक्रिया र  ५८ जनाले जटिल किसिमको प्रसूति सेवा लिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार आर्थिक वर्ष २०७४÷२०७५ मा एक हजार ३२२ जनाले प्रसूति सेवा लिएकामा  एकहजार ५२  सामान्य, १६९शल्यक्रिया र १०१ जनाले जटिल प्रसूति सेवा लिएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ  । विंस २०५८ देखि अस्पतालले सुरक्षित प्रसूतिसेवा प्रवाह गर्दै आएको छ ।

प्रसूति गृहमा १५ शैया  छ । अस्पतालमा स्त्रीरोग विशेषज्ञ सेवाका साथै दक्ष चिकित्सकद्धारा भरपर्दो र सुरक्षित प्रसूति सेवा प्रवाह भइरहेको  अस्पतालका प्रमुख श्रेष्ठको जिकिर थियो । यस अस्पतालमा ग्रामिण भेगका महिलासमेत सुरक्षित प्रसूति सेवाका लागि आउन थालेको अस्पतालले जनाएको छ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८