जुस उत्पादनको तयारी

३ बर्ष अगाडि

जाजरकोटमै सुन्तला र जुनारको जुस उत्पादनका लागि गृहकार्य शुरु गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ९सुन्तला जोन० जाजरकोटको सहयोगमा रातो पाण्डा कृषि सहकारी संस्था लिमिटेडले सदरमुकाममा जुस उत्पादन कार्य शुरु गर्न लागेको हो । 

सुन्तला र जुनारको लागि भे¥या, कुशे, नलगाड र छेडागाड पकेट क्षेत्रको रुपमा रहेको छन् ।  जिल्लाको कुशे गाउँपालिकाको दम्दाला, डाँडागाउँमा प्रशस्त सुन्तलाखेती हुँदै आएको छ । सुन्तला बिक्रीबाट मात्र यहाँका किसानले करोडौँ रुपैयाँ आम्दानी गदै आएका छन् । मध्यपहाड रहेको जाजरकोटमा सुन्तला जोन विस्तारसँगै परम्परागत रुपमा सुन्तलाखेती गर्दै आएका किसानलाई राहत पुगेको छ । विभिन्न थरिका रोग तथा अन्य कारणले सुन्तलामा हुँदै आएको हानीसमेत हल गर्न मद्दत पुगेको किसान भक्तबहादुर ओलीले जानकारी दिनुभयो । 

स्थानीय उत्पादनलाई जोड दिई किसानलाई आत्मनिर्भर बनाउन सबै खालको सम्भावनाको खोजी गरी काम तीव्रगतीमा भइरहेको जोन कार्यालयका प्रमुख पिताम्बर बस्नेतले जानकारी दिनुभयो । वर्षेनी नयाँ आधुनिक घार र प्रविधिसहितको सामग्री किसानलाइ उपलब्ध गराउँदै जोन कार्यालयले किसानको उत्पादन वृिद्धका साथै नयाँ विधिको प्रयोग समेत बढाएको प्रमुख बस्नेतले जानकारी दिनुभयो । 

अघिल्लो वर्ष मात्र लागू भएको माहुरी जोनले जिल्लाका भेरी र नलगाड नगरपालिमामा राम्रो प्रभाव पारेको छ । नलगाड नगरपालिकाभित्रका बजारमा जुनसुकै समयमा पनि मह पाइने वातावरण सिर्जना भएको नलगाड नगरपालिका नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो । जोन कार्यालयसँगको सहकार्यसँगै नगरपालिकाले आफ्नो क्षेत्रभित्रका १, २ र ४ वडालाई मौरीको पकेट क्षेत्र घोषण गरी विविध कार्यक्रम सञ्चालन गर्दैआएको छ ।  

त्यस्तै वडा नं ३ लाई सुन्तलाको पकेटक्षेत्र घोषण गरेको छ । मौरीपालनको अवस्था र किसानको माग अनुसार जोन कार्यालयले वर्षेनी ५० प्रतिशत अनुदानमा आधुनिक घार वितरण गर्दै आएको प्रमुख बस्नेतले जानकारी दिनुभयो । जिल्लामै घार उत्पादन गरी स्थानीय उत्पादनलाई सहयोग गर्ने उद्देश्यले परियोजना कार्यालयले तीन उद्योगलाई सहयोग गरी मौरी घार उत्पादन स्रोतकेन्द्रका रुपमा विकास गर्न लागिएको छ । परियोजनाको सहयोगमा कुशे गाउँपालिका–५ दम्दालास्थित प्रगतिशील युवा कृषि सहकारी संस्था लिमिटेडको सहकार्यमा सौर्य शक्तिबाट सुन्तला भण्डारणको काम शुरु भइरहेको परियोजनाले जानकारी दिएको छ ।

 सो ठाउँमा  ५ देखि १० टन सुन्तला भण्डार गरी फागुन–चैत महीनामा बजारीकरण गर्न सकिने छ । परियोजना सदरमुकाम खलङ्गामा जाजरकोट कोेसेली एण्ड सप्लायर्समा कोसेली घर स्थापना गरेको छ । कोसेली घरमा मह, सुन्तला, टिमुर, अदुवा र बेसार जस्ता स्थानीय उत्पादन एकै ठाउँबाट पाइने गरेको छ । 

त्यस्तै परियोजना लागू भएका ठाउँका ३१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराएको परियोजनाको दाबी छ । कृषि तथा वन विश्वविद्यालय रामपुर चितवनको सहयोगमा परियोजना कार्यालयले जाजरकोटमा मौरीपालन, उत्पादनका विषयमा सामाजिक तथा आर्थिक अवस्थाको अध्ययन, विश्लेषण समेत भएको छ । त्यस्तै विश्वविद्यालयले  बगैँचा विकासका लागि अध्ययन गरिसकेको छ । 

एक सय ३० हेक्टर सुन्तलाको थप विस्तार भएको बताइएको छ । जिल्लामा अझै अन्य जातको पनि जोन विस्तारका लागि पहल भइरहेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो । ओखर, भटमास र मकैको लागि पनि गृहकार्य शुरु भएको उहाँको भनाइ छ । सुन्तला उत्पादन स्थल र मौरी पालन स्थलमा सडक निर्माणको काम समेत भएको छ । 

नेपालको कूल खेतीयोग्य जमिन ३० लाख ९१ हजार रहेको छ । राष्ट्रिय कृषि गणना २०६८ अनुसार नेपालको कृषि जमिनको औसत आकार ०।६८ हेक्टर र प्रति कित्ताको औसत आकार ०।२१ हेक्टर रहेको छ । खण्डिकृत जमिनमा परम्परागत रुपमा निर्वाहमुखीखेती प्रणालीको अवलम्बन गरिँदै आएको र कृषि विकासका लागि भएका सरकारी प्रयास सीमित स्रोत र साधनका कारण एकीकृत रुपमा नभइ छरिएर जाने गरेकाले प्रतिफलमुखी हुनसकेका छैन । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना आव २०७३ ÷७४ देखि लागू भएर १० वर्षको लागि सञ्चालनमा ल्याइएको छ । 

परियोजना अन्तर्गत साना व्यावसायिक कृषि उत्पादन केन्द्र ९पकेट०, व्यावसायिक कृषि उत्पादन केन्द्र ९ब्लक०, व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र ९जोन० र वृहत्तर व्यावसायिक कृषि उत्पादन तथा औद्योगिक केन्द्र ९सुपरजोन० विकास कार्यक्रम छन् । 

परियोजना दस्तावेजमा उल्लेख भए अनुसार आव २०७४ मा देशभर ७४ जिल्लामा ३९ बाली वस्तुमा एक हजार ९३१ पकेट, ७३ जिल्लामा १४ बाली वस्तुमा १४३ ब्लक, ३० जिल्लामा जोन र प्रत्येक प्रदेशमा एक÷एक गरी सात वटा बाली बस्तुमा सात सुपरजोन स्थापना भई कार्यक्षेत्र शुरुआत भएको हो ।  परियोजनाको आव २०७४÷७५ मा ३९ जोन तथा १० सुपरजोन तथा आव २०७५÷७६ मा ६९ जोन तथा १४ वटा सुपरजोनमार्फत लक्षित कार्यक्रम सञ्चालन गरिएको परियोजना निर्देशक वैकुण्ठ अधिकारीले जानकारी दिनुभयो । (((

३ बर्ष अगाडि

प्रतिक्रिया