अभिनेता हसन भन्छन्, ‘बलात्कारका दोषीलाई ७ दिनभित्र दण्डित गर्नुपर्छ’

असोज ३०, २०७७ | आजको अर्थ
ajaako_artha

काठमाडौं, पछिल्लो समय नेपालमा दिनहुँ जसो बलात्कारका घटनाहरु घटिरहेका छन् । सवारी साधनमा सामुहिक बलात्कारदेखि नाबालिका बलात्कारसम्मका घटनाले नेपाल महिलाको लागि असुरक्षित बन्दै गएको चौतर्फी गुनासो सुनिन थालेको छ । तर, राज्य सत्ता सञ्चालन गर्ने वर्ग नेपालमा बलात्कारका घटनालाई लिएर चिन्तित हुनुपर्ने अवस्था नभएको हल्का टिप्पणी गरिरहेका छन् ।

 देशमा बढ्दो बलात्कारका घटनाले आम मानिससँगै नेपाली कलाकारहरुको पनि मुटु काप्न थालेको छ । ऋचा शर्मा, केकी अधिकारी, बर्षा राउतलगायतले देशमा महिलाको सुरक्षा र सम्मान कहाँ छ रु भनेर सरकारलाई प्रश्न गरेका छन् । अभिनेता तथा निर्माता हसनराजा खानले पनि देशमा बढेको बलात्कारका घटनाको विषयमा एक भिडियोमार्फत् आफ्नो भनाई राखेका छन् । 
 
हाल दुबइमा रहेका हसनले आफ्नो यूट्युब च्यानल ‘साहास नेपालीको’ मा एक भिडियो पोस्ट गर्दै समस्या परेपछि त्यसलाई व्यक्त गर्न डराउन नहुने बताएका छन् । उनले भने( ‘२ महिना, ६ महिना, २ बर्षको बालिका बलात्कार भएको घटना सार्वजनिक भैरहेका छन् । हामी कस्तो समाजको निर्माण गर्दैछौं रु यस प्रकारका घटनाले मलाई पुरुष भएकोमा लज्जा महशुस भइरहेको छ ।’ 
 
आफूमाथि हुने शोषणको बारेमा बोल्न उनको आग्रह छ । बलात्कारको घटनाको विषयमा आफूले अहिलेसम्म कुनै समाधान नदेखेको भन्दै उनले यसका लागि बलियो कानुनको आवश्यकता रहेको औंल्याए । बलात्कारका दोषीलाई ७ दिनभित्र दण्डित गर्नुपर्ने उनको माग छ । ‘अलबिदा र रोमियो’ फिल्ममा अभिनय गरिसकेका हसनले चाँडै नयाँ फिल्म लिएर आउने बताएका छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८