लिमीमा सुविधासम्पन्न बर्थिङ सेन्टर स्थापना

कात्तिक १, २०७७ | आजको अर्थ
ajaako_artha

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका वडा नं ६ लिमीका तीन  गाउँमा सुविधासम्पन्न बर्थिङ्ग सेन्टर निर्माण भएका छन् ।  ती गाउँका १८० घरधुरीलाई सेवा प्रदान गर्ने उद्देश्यका साथ  बर्थिङ्ग सेन्टर निर्माण भएर सञ्चालनमा आएका छन् । 

गर्भवतीलाई गाउँबस्तीमा सहज रुपमा सुत्केरी गराउन  बर्थिङ सेन्टरसहित सामुदायिक स्वास्थ्य संस्थाको भवन निर्माण सम्पन्न भएको छ । 

बर्थिङ्ग सेन्टरको स्थापनाले सो समस्याबाट लिमीका महिलाले मुक्ति पाउने भएको वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो ।   तामाङले भने, “बर्थिङ सेन्टर निर्माण भएर सञ्चालनमा आएपछि अब लिमीका महिला सहज रुपमा सुत्केरी हुन थालेका छन् । यसअघि लिमीका महिला घरमै  परम्परागत सुँढेनीबाट सुत्केरी हुने गर्थे । व्यथाले निकै च्यापेपछि हेलिकोप्टर चार्टर गरेर सुर्खेत, नेपालगञ्ज र काठमाडौंँ लग्ने गरिन्थ्यो । ”

स्नोल्याण्ड एकीकृत विकास केन्द्र, गाउँपालिका, छाया नेपाल र स्थानीय जनताको जनसहभागितामा रु ७१ लाख पचास हजार लागत साझेदारीमा  निर्माण भई सेन्टर सञ्चालनमा आएको केन्द्रका कार्यकारी निर्देशक गोविन्द शाहीले जानकारी दिए ।

बर्थिङ्ग सेन्टरमा तातोपानीका लागि सौर्य शक्ति पनि जडान गरिएको छ । यसबाट सुत्केरी  तथा शिशुले तातोपानीबाट नुहाउन पाउँछन् । भवनमै शौचालय पनि निर्माण गरिएको छ । गर्भवतीको गर्भ जाँच गर्नका लागि अल्ट्रा साउण्ड मेशिन  जडान गरिएको छ । भवनमा बर्थिङ्ग सेन्टरका साथै अन्य बिरामीका लागि उपचार गर्न सामुदायिक स्वास्थ्य संस्थाका लागि पनि कोठा निर्माण गरिएको छ । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८