ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

३ बर्ष अगाडि

स्याङ्जाको भिरकोट नगरपालिका–३ साम्दीमा आज ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

दुर्घटनामा सोही ठाउँका २० वर्षीय विपिन जिटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

ग१त ५६३७ नंको ट्र्याक्टर अनियन्त्रित भई सडकमै पल्टिएको थियो । ट्र्याक्टरको  इन्जिनले च्यापिएर जिटीको मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा लगिएको छ ।

दुर्घटनामा भिरकोट–३ का १७ वर्षीय सुनिल रिजाल घाइते भएका छन् । उनको स्याङ्जा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया