काठमाडौं – अपि पावर कम्पनीले बनाउन लागेको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको शिलान्यास गरेको छ । कम्पनीले हिजो शनिबार ४० मेगावाट क्षमता भएको उक्त आयोजनाको शिलन्यास गरेको हो ।
मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले उक्त आयोजनाको शिलन्यास गरेको हो । यो सँगै आयोजनाको निर्माण कार्य अगाडि बढेको छ । आयोजनाको निर्माण कार्य २० महिनामा सक्ने लक्ष्य लिइएको छ ।
आयोजनामा रू. ७ अर्ब ४० लाग्ने अनुमान गरिएको छ । त्यसमा ३० प्रतिशतले हुने रकम रु. २ अर्ब २२ करोड शेयरधनी मार्फत उठाउने कम्पनीको भनाइ छ ।
प्रतिक्रिया