न्यादी फिदी जलविद्युत आयोजनामा जुट्यो लगानी, कसले गर्यो लगानी ?

३ बर्ष अगाडि

काठमाडौं – नर्थ समिट हाइड्रो प्रालिले निर्माण गर्न लागेको २१.४ मेगावाट क्षमताको न्यादी फिदी जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ । गत बिहीबार उक्त आयोजना निर्माणको लागी विभिन्न वैक तथा वित्तिय संस्थाहरु संग ऋण सम्झौता सम्पन्न भएको छ । 

यस कम्पनी मार्पmत निर्माण सम्पन्न गरिने २१.४ मेगा वाटको न्यादी फिदी जलविद्युत आयोजनाको लागि माछापुच्छ«े बैकको अगुवाई र बैंक अफ काठमाडौंको सह अगुवाईमा सिभिल बैंक लि.र सानिमा बैंकले रु. ३ अर्ब ८ करोड ऋण लगानी गर्ने भएका हुन् । 

यस आयोजनाका लागि बैंकहरुको तर्फवाट कुल लागतको ७५ प्रतिशत ऋण लगानी हुनेछ भने शेयरधनीहरुको तर्फवाट २५ प्रतिशतले हुन आउने रकम शेयर लगानी हुनेछ । यस आयोजना लमजुङ जिल्लाको मस्र्याङदी गाँउपालिकामा पर्दछ । 
यस आयोजनाका लागि सरकारी निकायहरु नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, वन तथा वातावरण मन्त्रालयवाट लिनुपर्ने अनुमती तथा ईजाजतपत्रहरु लिने कार्य सम्पन्न भईसकेको छ ।कम्पनीले आयोजनाको लागि पहुचमार्ग निर्माणको काम गत वर्ष देखि नै गरिरहेको छ ।
यस आयोजनाको निर्माण २०७९ साल चैत्र महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।  यस वाट उत्पादित बिजुली १९ कि.मी लामो १३२ के भि एको ट्रान्समिसन लाईन मार्फत नेपाल विद्युत प्राधिकरणको तादीकुना (खुदी) सवस्टेसनवाट राष्ट्रिय प्रशारण लाईनमा जोडिने छ । 

यस आयोजनाको संस्थापक लगानीकर्ताहरु हाइड्रोपावर लगायत विभिन्न पेशा व्यावसायमा संलग्न सफल उद्यमीहरु रहेका छन ।  यस आयोजनाको निर्माण भएपछि लमजुङ जिल्ला एवम् देशको समग्र विकासको लागी कोशेढुङ्गा सावित हुनेछ । आयोजनालाई हालको अवस्थामा पु¥याउन सरकारी निकाय,स्थानिय जनता, राजनितिक दल एवम् सर्वसाधारणले पु¥याउनु भएको योगदान प्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा यस आयोजनाको सम्वद्र्धन एवम् संरक्षणका लागी अग्रणी भुमिका निर्वाह गरिदिनु हुनेछ भन्ने विश्वाश लिइएको छ ।

आयोजनाको  संक्षिप्तविवरण 
आयोजनाः    न्यादी फिदी 
कम्पनीः    नर्थ समिट हाईड्रो प्रा.लि
जडित क्षमताः    २१.४ मे.वा.
पानीको वहावः    ३.६ घन मिटर प्रति सेकेन्ड
हेडः    ६८६.६७ मिटर
उत्पादितविद्युत युनिटः    १२७.९४७ गिगावाट आवर
कुललागतः    ४११ करोड
ऋण रकम (७५%)ः३०८ करोड
शेयर पुजी (२५%)ः १०३ करोड
विद्युत कनेक्सनः    तादीकुना सवस्टेशन
व्यापारिक उत्पादनः २०७९ चैत्र १५
 

३ बर्ष अगाडि

प्रतिक्रिया