सहुलियत दरमा चिनी र नुन बिक्री गर्दै साल्ट्र ट्रेडिङ्ग

३ बर्ष अगाडि

विजयादशमी, दीपावली र छठ पर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ्ग कार्पोरेशन लिमिटेड, लहानले सहुलियत दरमा चिनी र नुनको बिक्री बितरण शुरु गरेको छ । 

साल्ट्र ट्रेडिङ्ग कार्पोरेशनले चिनी प्रतिकिलो रु.७० र नुन प्रतिकिलो रु.१८ मा बिक्री वितरण गरिरहेको कार्यालय प्रमुख जितेन्द्र साहले जानकारी दिए।

गत असोज १५ गतेदेखि सञ्चालन भएको सहुलियत दरको पसल आउँदो मङ्सिर ६ गतेसम्म नियमित रुपमा खुल्नेछ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया