ज्योति लाइफले बोलायो साधारण सभा, आईपीओ निष्काशनको बिषयमा छलफल हुने

३ बर्ष अगाडि

काठमाडौं – ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो (२०७५/७६) बार्षिक साधारणसभा आगामी कात्तिक २६ गते हुने भएको छ । कम्पनीको आइतबार भएको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
सो दिन काठमाडौंको ज्ञानेश्वर स्थित कर्पाेरेट कार्यालय शान्ता प्लाजामा बिहान ११ः३० बजे साधारण सभा हुने बताइएको छ । 
साधारण सभामा सञ्चालक समितिको आव २०७५÷७६ को प्रतिवेदन उपर छलफल गरि पारित गरिने छ । साथै, आव २०७६÷७७ को लागि लेखापरिक्षक नियुक्ती तथा निजको पारिश्रमिक निधारण गर्ने बताइएको छ । 
साथै, कम्पनीले आईपीओ निष्काशन सम्बन्धमा पनि निर्णय गरिने बताइएको छ । यसका अलावा कम्पनीको प्रवन्धपत्र तथा नियमावली संसोधन लगायतका बिषयमा सभामा छलफल गरिने छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया