महामारीमा पनि बढ्यो फस्र्ट माइक्रोफाइनान्सको नाफा, प्रतिशेयर आम्दानी कति ?

३ बर्ष अगाडि

काठमाडौं –  कोरोनाको महामारीका बीच चालु आर्थिक बर्षको पहिलो त्रैमासमा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको नाफा बढेको  छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा उक्त कम्पनीको नाफा १०.७२ प्रतिशतले बढेको हो । 
कम्पनीले आज सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो त्रैमसाको वित्तिय विवरणले यस्तो देखाएको हो । कम्पनीले समिक्षा अवधीमा रु. २ करोड ९७ लाख १६ हजार नाफा कमाएको छ । कम्पनीले गत आवको सोही भने रु. २ करोड ६८ लाख ३८ हजार खुद नाफा कमाएको थियो । 
कम्पनीले समिक्षा अवधी रु. १३ करोड १२ लाख कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. ५ करोड २७ लाख रुपैयाँ रहेको छ । कम्पनीले हालसम्म रु. ६ अर्ब ३ करोड १७ लाख कार्ज प्रवाह गरेको छ  । सोही कर्जाबाट कम्पनीले यति व्याज आम्दानी गरेको हो ।
हाल कम्पनीको चुक्तापुँजी ८७ करोड ६८ लाख ११ हजार रहेको छ । कम्पनीले जगेडामा रु. १६ करोड ६० लाख ७३ हजार रकम जम्मा गरेको छ । 
पहिलो त्रैमासमा कम्पनीको प्रति शेयर आम्दानी रु. १३.५६ कायम भएको छ । मुल्य आम्दानी अनुपात ४१.७५, प्रतिशेयर नेटवर्थ ११८.९४, प्रति शेयर कुल सम्पत्तिको मुल्य रु. ८०७.११ र तरलता अनुपात रु. ८.२६ रहेको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया