कलाकार शिवहरी पौड्याललाई मातृशोक

३ बर्ष अगाडि

हास्य कलाकार तथा निर्देशक शिवहरी पौड्याललाई मातृशोक परेको छ । उनकी आमाको सय वर्षको उमेरमा आइतवार निधन भएको छ । १९७७ फागुनमा जन्मिएकी शिवहरीकी आमाको हेटौंडामा आइतबार बेलुकी ११ बजेर ९ मिनेटमा निधन भएको हो । शिवहरीले सय वर्षसम्म परिवारलाई संरक्षण दिएकी आमालाई बचाउन नसकेको भन्दै फेसबुकमार्फत् माफी मागेका छन् । 
 
उनले लेखेका छन्, ‘दुखद् खबर लेख्न वाध्य भएँ आमा । एउटा छोराले गर्ने कर्तव्य मैले गरेँ कि गरिनँ मलाई थाहा छैन आमा । सय वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनुभो, त्यसपछि हजुरलाई बचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला । स्वर्गमा बास होस् मेरी प्यारी आमा । आमा, फेरि पनि मलाई माफ गर्नुहोला ।’ शिवहरीकी आमाको सोमवार हेटौंडामा अन्त्येष्टि गरिएको छ ।
 
कलाकार पौड्यालले फिल्म ‘लक्का जवान’ बाट निर्देशनमा हात हालेका छन् । यो फिल्म गएको चैतमा प्रदर्शनमा आउने तयारीमा थियो । तर, कोरोनाका कारण फिल्मको प्रदर्शन अनिश्चितकालका लागि स्थगन गरिएको छ । आफूले निर्देशन गरेको फिल्म आमालाई हलमा नै लगेर देखाउने शिवहरीको ठूलो सपना थियो । तर, आमाको निधनले उनको त्यो सपना पूरा हुन सकेन ।

३ बर्ष अगाडि

प्रतिक्रिया