अब १७ ब्रोकरले मात्र मार्जिन कारोबार गर्न पाउने, ५ ब्रोकरको सदस्यता नै खारेज

३ बर्ष अगाडि

काठमाडौं – मार्जिन कारोबार सेवा नवीकरणका लागि निवेदन प्राप्त नभएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ५ ब्रोकर कम्पनीको मार्जिन कारोबार सदस्यता खारेज गरेको छ । नेप्सले आज एक सुचना जारी गर्दै यसको जानकारी दिएको हो । 
नेप्सले १७ कम्पनीको मात्र नविकरणका लागि आवेदन आएको बताएको छ । हालसम्म २२ ब्रोकरले यस्तो काम गर्दै आएका थिए । त्यो अनुसार उनीहरुलाई मार्जिन कारोबार गर्न पाउने नेप्सेको बताइएको छ । मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ परिच्छेद – २ को दफा ६(२) अनुसार निवेदन नदिने ब्रोकरहरुको सदस्यता स्व्त खारेज हुनेछ । 

ती बाहेक ५ कम्पनीको सदस्यता भने स्वत खारेज भएको नेप्सेको भनाइ छ । 
यी हुन् मार्जिन सदस्यता खारेज भएका ५ ब्रोकर 
१) श्री कृष्ण सेक्युरिटिज (२८), 
२) सुन्धारा सेन्यूरिटिज (५२), 
३) प्रज्ञान सेक्युरिटिज (१०), 
४) नासा सेक्युरिटिज (५८)
५) सिप्रवी सेक्युरिटिज (२२) 

यी हुन अब मार्जिन कारोबारको काम गर्न पाउने १७ कम्पनी

३ बर्ष अगाडि

प्रतिक्रिया