रणवीरलाई लिएर ‘सर्कस’ बनाउँदै रोहित शेट्टी

३ बर्ष अगाडि

निर्देशक रोहित शेट्टीले अजय देवगनपछि सबैभन्दा बढी भरोसा गरेका अभिनेता हुन्, रणवीर सिंह । ‘सिम्बा’ र ‘सूर्यवंशी’ मा रणवीरसँग काम गरिसकेका रोहित शेट्टीले अब उनैलाई लिएर नयाँ फिल्म बनाउने भएका छन् । उनले तेस्रो पटक रणवीरसँग टिमअप गर्दैछन् । यो एक कमेडी फिल्म हुने बताइएको छ । रणवीर डबल रोलमा देखिने फिल्मको नाम ‘सर्कस’ राखिएको छ । 
 
‘सर्कस’ सेक्सपियरको प्ले कमेडी अफ एरर्सबाट प्रेरित भएर निर्माण हुने बताइएको छ । फिल्मको बारेमा जानकारी दिँदै तरण आदर्शले ट्विट गर्दै लेखेका छन्, ‘रणवीर सिंह र रोहित शेट्टी फेरि एकसाथ आउँदैछन् । फिल्मको नाम ‘सर्कस’ राखिएको छ । प्ले द कमेडी अफ एरर्सबाट फिल्म प्रेरित हुनेछ । रणवीर फिल्ममा दोहोरो भूमिकामा देखिनेछन् ।’ फिल्म मल्टीस्टारर बन्नेछ ।
 
फिल्ममा रणवीरका अलावा पूजा हेगडे, ज्याकलीन, वरुण शर्माको पनि मुख्य भूमिका रहनेछ । फिल्मको छायांकन नोभेम्बरबाट सुरु हुँदैछ । अर्को वर्षको गर्मी महिनामा प्रदर्शन गर्ने तयारी गरिएको फिल्मको छायांकन गोवामा हुन सक्नेछ । पहिलो पटक रणवीर सिंह दोहोरो भूमिकामा देखिन लागेका हुन् भने रोहित शेट्टीले पहिलो पटक भूषण कुमारसँग टाइअप गरेका हुन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया